राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज बाट

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ। बन्द प्रशिक्षणको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले पहिलो चरणमा ३० सदस्यीय टिमको घोषणा गरेको थियो जसलाई आइतबार टिम होटलमा रिपोर्टिंग गर्न बताईएको थियो।

प्राप्त जानकारी अनुसार क्यानको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरी सहित करिब १८ जना खेलाडी हालसम्म टिम होटल पुगेका छैनन् जो मध्ये ६ जना खेलाडीहरु सोमबार होटल पुग्ने बताईएको छ। शनिवार ११ जना खेलाडीहरु होटल पुगीसकेका छन्। कप्तान सन्दिप लामिछाने हाल अस्ट्रेलियामा बिग ब्यास लिग खेल्दैछन् जो जनवरी अन्तिम साता नेपाल पुग्नेछन्।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पद मुक्त सहित कमल सिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहित उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुआती छ महिना बाहिर राखेको हो ।

सो विषयलाई लिएर केही खेलाडीले उनीहरुलाई समर्थन गरिरहेका छन् । यता, खेलाडीले भने हालका कप्तान सन्दीप लामिछाने हटाईनुपर्ने र खेलाडीको कारबाही फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् । क्यान भने असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारीमा छ ।

३० सदस्यीय प्रारम्भिक टिमका खेलाडीको नाम :

सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments