चेल्सी द्वारा एट्लेटिको म्याड्रीड पराजित

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा ईंग्लिश क्लब चेल्सी ले स्पानिस क्लब एट्लेटिको म्याड्रीड माथि १-० को जित हात पारेको छ ।

कोरोना महामारी को कारण रोमानिया को बुखारिस्ट एरिना मा भएको पहिलो लेग मा चेल्सी ले महत्त्वपूर्ण जित हात पारेको हो । चेल्सी को जितमा फ्रेन्च स्ट्राइकर ओलिभियर जिरुड ले १ मात्र गोल गरे । खेलको ६८ मिनेट मा उनले गरेको उत्कृष्ट बाइसाइकल किक गोल मा परिणत भएको थियो तर सुरुमा त्यसलाइ रेफ्री ले अफसाइड दिएका थिए तर पछि भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले उक्त गोल लाई मान्यता दिदा चेल्सी ले महत्त्वपूर्ण अग्रता बनाउन सफल भयो । पूरा खेल अबधी भर ६१ प्रतिशत बल आफ्नो कब्जामा राखेको चेल्सी ले अरु केही राम्रा अबसर भने खेर फालेको थियो । उता एट्लेटिको ले भने पूरा खेल अबधि भर एउटा प्रहार पनि टार्गेट मा हान्न सकेन । अब दोश्रो लिग चेल्सी को घरेलुु मैदान स्टाम्फोर्ड बृज मा हुनेछ । कोभिड १९ का कारण बेलायत सरकार ले आफ्नो देश बाट कुनैपनी ब्याक्ती स्पेन जाने अनुमति नदिएपछि एट्लेटिको म्याड्रीड ले घरेलु खेल रोमानिया को बुखारिस्ट मा खेलेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments