त्रिभुवन आर्मी पिएम कपको फाइनलमा, बाग्मती प्रदेश ९४ रन ले पराजित

काठमाडौं । राजधानी मा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता मा बिभागिय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। आर्मी ले बाग्मती प्रदेश लाई ९४ रन ले पराजित गरेको हो ।

टि यु क्रिकेट ग्राउन्ड मा त्रिभुवन आर्मी ले दिएको २३० रन को लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको बाग्मती प्रदेश ४० ओभरमा १३५ रन मै समेटियो । खेल सुरु भएको दोश्रो बल बाटै विकेट गुमाउन सुरु गरेको बाग्मतीले १८ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । त्यसपछी कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्य ले ५४ रन को साझेदारी गर्दै इनिङ सम्हाल्न कोशिस गरेपनी ७६ रन हुदा बिपिन आचार्य आउट भएपछि फेरि बाग्मती को विकेट पतन सुरु भयो ।

बाग्मती को लागि कप्तान ज्ञानेन्द्र मल्ल ले सर्बाधिक ४७ रन बनाउन सफल भए भने बिपिन आचार्य ले २३ रन को योगदान दिए यसबाहेक बाग्मती का अरु ब्याट्सम्यान ले सम्झन योग्य प्रदर्शन गर्न सकेनन । बाग्मती प्रदेश को ब्याटिङ ध्वस्त पार्न को लागि आर्मी का जितेन्द्र मुखिया ले ४ तथा बिक्रम सोब र सुसन भारी ले समान ३/३ विकेट लिए भने ले विकेट हात पारे ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गर्न आएको त्रिभुवन आर्मी ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २२९ रन बनाएको थियो । आर्मी को लागि राजेस पुलामी मगर ले सर्बाधिक ६५ रन वनाउदा बिक्रम सोब ले ३३ रन को योगदान दिए ।

१७ रन मा ३ विकेट गुमाएर धर्मराएको आर्मी को ब्याटिङ लाई भिम सार्की र लोकेस बम को जोडि ले ५७ रनको साझेदारी गर्दै इनिङ केही उकासेका थिए । सार्की ले ४० रन बनाउदा लोकेश बम ले २३ रन को योगदान दिए ।

त्यसअघि आर्मी का हरि चौहान ३ अनिल कुमार मन्डल २ र रोहित पौडेल शुन्य रन मै आउट भए । बलिङ तर्फ बाग्मती का गौतम केसि एक्लै ले ५ विकेट लिन सफल भएका थिए ।

अब त्रिभुवन आर्मी क्लब ले उपाधिका लागि अर्को बिभागिय टोलि एपीएफसँग खेल्नेछ, फाइनल खेल शनिबार टि यु क्रिकेट मैदान किर्तिपुर मा हुने छ ।

हिजो भएको पहिलो सेमिफाइनल खेल मा एपीएफले अर्को बिभागीय प्रतिस्पर्धी नेपाल पुलिसलाई ३० रनले पराजित गर्दै फाइनल पुगिसकेको छ। प्रतियोगिता को बिजेता ले १० लाख तथा उपबिजेता ले ५ लाख नगद पुरस्कार पाउनेछ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments