विश्व बिजेता इंग्ल्यान्ड अस्ट्रेलियासँग पराजित

ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा सम्पन्न  पहिलो एकदिवसीय खेलमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले तिन वानडेको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।  खेलमा अस्ट्रेलियाले दिएको २९५ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डको लागि छैठौं नम्बरका ब्याट्सम्यान स्याम बिलिंग्सले १९ औं खेल खेल्ने क्रममा करियरकै पहिलो शतक बनाए जुन क्रममा ११० बलमा १४ चौका र २ छक्का मद्दतले ११८ रन बनाए। ओपनर जोनी बेयरस्टोले १०७ बलमा ४ चौका र ४ छक्का मद्दतले ८४ रन बनाए। कप्तान ओएन ओर्गनले २३ र क्रिस वोक्सले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अत्यन्त कमजोर सुरुवात गरेको घरेलु टिमले पहिलो ४ विकेट ५७ रनको योगफलमै गुमाएको थियो। जोश हेजलवुडले जेसन रोय ( ३ रन ) , जो रुट ( १ रन ) लाई तथा एडम जाम्पाले मोर्गन ( २३ ) र बटलरलाई ( १ रन ) छिट्टै पेभेलियनको दिशा देखाएका थिए।

इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर जाम्पाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५५ रन खर्चिए। खेलको प्लेयर अफ भने हेजलवुड चुनिए जसले ३ विकेट लिने क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र २६ रन खर्चिए। प्याट कमिन्सले १ विकेट लिन ७४ रन तथा मिचेल मार्शले २९ रन खर्चेर १ विकेट लिए। इंग्ल्यान्ड र अस्ट्रेलिया बीच दोश्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments