पि एस जि को जितमा नेयमार नायक
ब्राजिलियन स्टार नेमारको ह्याट्रिक मा युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ ।अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा १४ मिनेट चलिरहदा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले रंगभेदी व्यवहार गरेपछि खेल स्थगित भएको थियो र दुवै टिमका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि युईएफएले यसबारे अनुसन्धान गर्ने र खेल फेरि सुरु गराउने बताएको थियो ।पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलि एन एमबाप्पेले गरे । पि एस जि को घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा नेमारले ११ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

३८औं मिनेटमा नेमारले नै गोल गर्दै अग्रता दोब्बर पारे । ४२औं मिनेटमा एमबाप्पेले पेनाल्टी मार्फत गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।दोस्रो हाफमा पीएसजीले दुई गोल थप्यो । ५०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नेमारले आफ्नो ह्याट्रिक पूरा गरे ।
स्तानबुलका लागि ७० मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए । ६२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले ५-१ को शानदार जित हासिल गरेको हो ।जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
समान अंक भएपनि हेड टु हेडमा अवे मैदानमा गोल गरेका आधारमा जर्मन क्लब आरबी लाइपजिग भने दोस्रो स्थानमा रहदै अर्को राउन्डमा प्रवेश गर्यो ।