युरो कप को लागि स्पेन को टिम घोषणा कप्तान रामोस टिम बाहिर
आगामी महिना बाट सुरु हुने यूरो कपका लागि स्पेनले टिमको घोषणा गर्दा उसका कप्तान सर्जियो रामोसलाई बाहिर राखिएको छ ।
स्पेनका प्रशिक्षक लुइस एनरिकले २४ खेलाडीको टिमको घोषणा गर्दा रामोसलाई बाहिर राखिएको हो । प्रतियोगिताका लागि २६ खेलाडीसम्म राख्न पाउने भएपनि एनरिकले २४ खेलाडीलाई टिममा राखेका छन । रियलका डिफेन्डर रामोस संगै यो पटक रियलका म्याड्रीड एक खेलाडी पनि टिममा परेका छैनन ।
स्पेनको रहेको समूह ‘ई’ मा स्लोभाकिया, स्विडेन र पोल्याण्ड रहेका छन् ।
स्पेनीस टिमः
गोलरक्षक : उनाइ सिमोन, डेविड डे हेया, रोबर्ट स्यान्चेज
डिफेन्डर : जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा
मिडफिल्डर : मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज
फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया