SPANISH LALIGA PREVIEW : कस्ले जित्ला त यो पटकको ला लिगा ???
स्पेनिस लिग ला लिगाको नँया सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ। विश्वमा सबैभन्दा धेरै हेरिने लिग मध्यको एक लिग हो स्पेनिस ला लिगा । अघिल्लो सिजनको च्याम्पियन रियल म्याड्रिड उपाधी फेरि आफ्नो पोल्टामा पार्ने लक्ष्यका साथ सिजनको सुरुवात गर्नेछ भने अन्य टिम रियललाई रोक्दै उपाधी जित्ने सुरमा उत्रीनेछन। सेप्टेम्बर १२ मा ला लिगा २०२०/२१ को पहिलो खेलमा ग्रानाडाले एथ्लेटिक बिल्बाबोको सामना गर्नेछ।

साविक विजेता रियल म्याड्रिडले आफ्नो पहिलो खेल सेप्टेम्बर २० मा रियल सोसिडडको सामना गर्नेछ भने बार्सिलोनाले पहिलो खेल सेप्टेम्बर २७ मा भिल्लारियल विरुद्ध खेल्नेछ। सधै रियल म्याड्रिड र बार्सिलोना उपाधीको प्रमुख दाबेदारमा हेरिने गरिन्छ। यी दुई क्लब बिच हुने खेललाइ ‘एल क्लासिको” भनिन्छ। यो खेल विश्वकपपछि सबैभन्दा धेरै दर्शकले हेर्ने खेलको रुपमा चिनिन्छ। एल क्लासिकोको पहिलो खेल अकटोबर २५ मा बार्सिलोनाको रंगशाला क्याप नाउमा हुनेछ भने दोस्रो क्लासिको अप्रिल ११ मा रियलको रंगशाला वर्नावेउमा हुनेछ।
कस्ले जित्ला त ला लिगा २०२०/२१ को उपाधी?
एथ्लेटिको म्याड्रिडले अघिल्लो सिजन तेस्रो स्थानमा अन्त्य गरेको थियो। यस सिजनपनी एथ्लेटिको लगभग अघिल्लो सिजनकै टोलि लिएर लिगको सुरु गर्नेछ। उस्ले यस ट्रान्सर्फरमा खासै चाखो देखाएन। प्रशिक्षक डिएगो सेमोइनीले युवा खेलाडी जोए फिल्क्सबाट केही बढी आशा पक्कै राख्नेछन। आफ्नो टोलिबाट खुशी नै देखिएका डिएगो यस सिजनमा रियल र बार्सिलोनालाई टक्कर दिने सुरमा छन्।

लियोनल मेस्सीले क्लब छाड्ने हल्लाले ट्रान्सर्फर मार्केट केही समयदेखि निकै तातिएको थियो। क्लबको व्यवस्थापनसित खुशी नदेखिएका मेस्सी यस सिजन क्लबमै बस्ने पक्का गर्दै प्रशिक्षणमा आएका छन्। नयाँ प्रशिक्षक रोनाल्ड कोयमनलाई टिम मिलाउन पक्कैपनि निकै गार्हो हुनेछ। मेस्सी क्लबमै रहेपनी स्टार फरवार्ड लुइस स्वारेजले क्लब छाड्ने हल्ला चलिरहेको छ। यस्तै आर्का खेलाडी इभान रक्याटिकले बार्सिलोना छाडेर सेभिल्ला फर्किसकेका छन्। क्लबले युवा खेलाडी अर्थरलाई बेच्दै युभेन्टसबाट पियानिक भित्राएको छ। अन्य युवा खेलाडी ट्रिनेको र पेड्रीलाई अनुबन्धित गरिसकेको छ भने अन्य खेलाडी पनि किन्ने सुरमा छ।
यस ट्रान्सर्फर बजारमा खेलाडी किन्न चुपचाप बसेको क्लब हो, डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड। रियलले अहिलेसम्म कुनै खेलाडी किनेको छैन र नकिन्ने क्लब अध्यक्ष पिरेजले बताइसकेको छ। रियल अहिले खेलाडी किन्न भन्दापनि बेच्न अगाडी बढेको छ। हामेज रोड्रिग्वेज इङ्लिस क्लब एभर्टन, डर्टमण्डबाट लोनबाट फर्किएका राइट ब्याक हकिमीलाई बेचिसकेको छ भने फरवार्ड गेरेथ बेल, मारियानो सहित अन्य खेलाडिलाई बेच्ने तयारी गरिराखेको छ। यस्तै लोनबाट फर्किएका मिडफिल्डर ओर्डिगार्ण,गोलकिप्पर लुलिन र लाइट ब्याक ओर्दिओला क्लबमै बस्ने निश्चित छ। कुनै खेलाडी नकिने पनि रियल उपाधिकोलागि प्रमुख दाबेदारको रुपमा लिएको छ। युवा खेलाडी भिनिसियस जुनियर, रोड्रिगो, जोभिक,एसेन्सियो, भालभारेड सहित अघिल्लो सिजन क्लबमा आएका हजार्ड अहिले उत्कृष्ट प्रदर्शन गर्नेमा प्रशिक्षक जिदान ढुक्क छन्।
अघिल्लो सिजन युरोपा लिग जितेको सिभिल्लापनि अहिले उपाधिमा टक्कर दिने सुरमा हुनेछ। अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका रियलबाट लोनमा आएका लेफ्टब्याक रिलिगयुनलाई फेरि लोनमा ल्याउने तयारी क्लबले गरिराखेको छ। सेभिल्लाले बार्सिलोनाबाट इभान रक्याटिकलाई अनुबन्धित गरिसकेको छ। उनी सेभिल्लाबाटै सन् २०१४मा बार्सिलोना पुगेका थिए। ट्रान्सर्फमर मार्केट अझै बाकी रहेको हुदा लोपेइटेगी केही खेलाडी किनेर अझै बलियो भएर लिग सुरु गर्नेछन्।
ठुला क्लबहरुको लागि अन्य क्लब रियल सोसिडाड, गेफाटे, भिल्लारियल टाउको दुखाइ बन्न सक्छन्।