म्यान्चेस्टर युनाईटेड स्तब्ध,क्रिस्टल पालेस ३-१ले बिजयी

इङलिस प्रेमीयर लिग मा म्यान्चेस्टर युनाईटेडले यो सिजनको आफ्नो पहिलो खेलमा क्रिस्टल पालेससँग हार बेहोरेको छ। म्यान्चेस्टर युनाईटेडको गरेको मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा क्रिस्टल पालेसले म्यान्चेस्टर युनाईटेड बिरुद्ध ३-१को जीत हासिल गरेको छ।

खेलको ७औ मिनेटमा नै आन्डोर्स टावनसेन्डले क्रिस्टल पालेसलाई अग्रता दिलाएका थिए। तेस्पछी खेलमा क्रिस्टल प्याअलेसका लागि विल्फ्रेड जाहाले दुई गोल गरे भने युनाइटेडका लागि आफ्नो डेब्यु खेल खेलेका डोनी भ्यान डे बिकले एक गोल गरे ।

७४ औँ मिनेटमा युनाइटेडका भिक्टर लिन्डलोफले डि बक्स भित्र ह्यान्डबल गरे पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जाहाले गोल गरेका थिए । ८० औँ मिनेटमा भने युनाइटेडले एक गोल फर्काएको थियो । म्यान्चेस्टर युनाईटेडका लागि देब्यु गरेका डोनी भ्यान डे बिकले खेलको ८०औ मिनेटमा गोल गरेका थिए।डोनी भ्यान डे बिकको गोल को केही मिनेट मा नै क्रिस्टल पालेसका लागि विल्फ्रेड जाहाले गोल गर्दै खेलमा ३-१ को जित दिलाएका थिए| प्यालेसको यो लगातार दोस्रो जित हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments