क्यान र डिश होम बिच सम्झौता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सबै घरेलु क्रिकेट प्रतियोगिताको डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिस होम र क्यान बीच आज भएको सम्झौता अनुसार क्यानले आयोजना गर्ने पिएम कप र मेयरर्स कपका महिला र पुरुष गरि ४ प्रतियोगिता एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरिसकेको क्यान र डिशहोमले संयुक्त रुपमा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरेका छ्न ।

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments