आइपिएलमा बैंगलोरको उत्कृष्ट जित

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर बैंगलोरले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा बैंग्लोरले सनराइजर्स हैरबादलाई १० रनले पराजित गरेको थियो। दुबईमा भएको खेलमा सनराइजर्सले टस जितेर बैंगलोरलाई ब्याटिङको निम्तो दिँदा बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो ।

बेंगलोरको लागि डेब्यु खेल खेलेका ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ९० रनको ओपनिङ साझेदारी गरे। डेब्यु खेल खेलिरहेका पाडिक्कल ४२ बलमा ८ चौकाको मद्दतमा ५६ रनमाआउट हुन पुगे । लगत्तै १२ औं ओभरको पहिलो बलमा फिन्च २९ रनमा एलबिडब्लू आउट हुँदै पलिभियन फर्किए । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान कोइली राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे । एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।

सनराइजर्सको लागि अविशेक शर्मा, विजय शङ्खर र नत्राजनले समान १/१ विकेट लिए।जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो। हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो ।

हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरमा ६ रनमा रन आउट भए । दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पान्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । बलमा युजभेन्द्र चाहलले पाण्डेको विकेट लिएपछि सनराजर्स खेलमा फार्किन सकेन। पान्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

चाहलले नै १६ औं ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा आउट गर्दै बैंगलोरलाई खेलमा फर्काएका थिए । बेयरस्टोले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गरे ।

त्यसपछि ब्याटिङ गर्न आएका कुनैपनी ब्यासम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा हैरबाद हार बेहोर्न बाध्य भयो। बैंगलोरको लागि चहलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबेले र नपदिप सैनिले दुई/दुई विकेट लिदा डेल स्टेनले एक विकेट लिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments