टोटेनह्याम र एभर्टन बराबरी मा रोकिए

इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टन र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार राति सप्पन्न खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेलेका हुन ।

एभर्टनको मैदान गुडिसन पार्क भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टिम टोटेनहमले लिएको थियो । ह्यारी केनले २७ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टी मार्फत गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।

खेलको ६२ औं मिनेटमा सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाएका थिए ।

तर, खेलको ६८ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै आफ्नो टिमलाई हारबाट जोगाए ।

यस बराबरीसँगै एभर्टन ३१ खेलमा ४९ अंक जोडेर स्थानमा रहेको छ भने टोटेनह्याम ३२ खेलमा ५० अंक सहित सातौं स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments