प्रधानमन्त्री कप क्रीकेट मा आज पनि दुई खेल

राजधानी मा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदैछन ।समूह क मा रहेका बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुनेछ ।

पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको बाग्मती यो लगातार दोश्रो खेल हो। यस्तै समूह ख अन्तर्गत गण्डकी प्रदेश र प्रदेश १ बीचको खेल मुलपानी क्रिकट मैदानमा हुनेछ ।

गण्डकी पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको थियो भने सिद्धान्त लोहनीको कप्तानीमा रहेको प्रदेश १ प्रतियोगितामा पहिलो खेल खेल्दैछ । दुवै टोली प्रतियोगिता मा पहिलो जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ्न । दुबै खेल बिहान नौ बजे बाट सुरु हुने छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments