गौतम बुद्ध कप को उपाधी राप्ती लाई

चितवनमा सम्पन्न गौतम बुद्ध कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि बिनोद भण्डारी कप्तानी मा रहेकोे राप्तीले जितेको छ। निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको नमुना मैदानमा सम्पन्न खेलमा १४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १३४ रन बनाउन सक्यो।

नारायणी को लागि आरिफ शेखले ४८ रन बनाए पनि जित दिलाउन सकेनन् एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका आरिफ शेखले आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ४८ रन बनाउदै (४ चौका र ३ छक्का) नारायणीको इनिंग उकासेका थिए ।

उनलाई १९ औं ओभरमा बोहोराले क्याच आउट गराए। तल्लोक्रमका ब्याट्सम्यानले रन बनाउन नसक्दा नारायणीले हार बेहोर्नु पर्यो। त्यस्तै इशान पान्डे र रित गौतम ले समान २७ रन बनाए भने सिद्धान्त लोहनीले ६ रन तथा करन केसीले १ रन मात्र बनाउन सके। राप्तिको बलिंगतर्फ अविनाश बोहोराले (३-०-२७-३) डेथ ओभरमा उत्कृष्ट बलिंग गर्दै सर्वाधिक ३ विकेट लिए। यस्तै भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंह ऐरिले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको राप्तिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाउदै नारायणीलाई १४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। ओपनरद्वर अमित श्रेष्ठ र कुशल भुर्तेलले पहिलो विकेटको लागि ५१ रनको आक्रामक साझेदारी गर्दै राप्तिलाई सानदार सुरुवात दिलाएका थिए त्यस्तै सुमित महर्जनले २५ बलमा २२ रन (समान १ चौका र १ छक्का) तथा कप्तान बिनोद भण्डारीले २१ बलमा ३३ रन (४ चौका र १ छक्का) बनाउदै राप्तिको इनिंग अघि बढाए ।

नारायणीको बलिंगतर्फ शाहब आलमले (४-१९-३) सर्वाधिक ३ विकेट लिए भने शुसन भारीले (४-०-११-२) २ विकेट हात पारे। ३.५ ओभरमा ४६ रन खर्चिएका केसीले १ विकेट लिए। अभिनाश बोहरा म्यान अफ ड म्याच र प्लेअर अफ ड टोरनामेन्ट घोसित भए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments