म्यान्चेस्टर युनाईटेड को रबाफिलो जित

इङलिस प्रीमियर लिग मा म्यान्चेस्टर युनाईटेड ले रबाफिलो जित हात पारेको छ राती सम्पन्न खेल मा उसले लिड्स युनाईटेड लाई ६-२ को फराकिलो अन्तर ले हरायो ।

म्यान्चेस्टर युनाईटेड को जितमा स्कोट म्याक्टोमिने ले खेल सुरु भएको २ मिनेटमै गोल गरेर युनाईटेड लाई अग्रता दिलाए। त्यसपछि त्यसको १ मिनेट नबित्दै उनले नै ब्यक्तिगत दोश्रो गोल गरे यो संगै उनी प्रीमियर लिग को इतिहासमा मा सबैभन्दा छिटो २ गोल गर्ने खेलाडी भएका छ्न।

त्यस्तै ब्रुनो फर्नान्डेज ले पनि २ गोल गरे भने भिक्टोर लिन्ड्लफ र डेनियल जेम्स ले समान १/१ गोल गरे । यो जित संगै म्यान्चेस्टर युनाईटेड १३ खेल बाट २६ अङ्क को साथ मा लिग तालिका को दोश्रो स्थान मा उक्लिएको छ।

त्यस्तै प्रीमियर लिग अन्तर्गत कै राती सम्पन्न अन्य खेल मा एस्टन भिल्ला र लेस्टर सिटि ले पनि आ आफ्नो खेल जितेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments