बार्सिलोनाका नेल्सन सेमेडो वोल्भसमा अनुबन्धित

स्पेनिस क्लव बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडो प्रिमियर लिग क्लब वोल्भसमा अनुबन्धित भएका छन्। पोर्चुगिज राइट ब्याक सेमेडोलाई वोल्भसले ३७ मिलियन युरोमा किनेको छ।

बार्सिलोनाले सेमेडो वोलभ्समा अनुबन्धित भएको आधिकारिक जनाकारी दिएको छ। सेमेडो सन् २०१७ मा बेनिफिकाबाट बार्सिलोना आएका थिए। उनले बार्सिलोनाको लागि तीन सिजन खेल्दै १२४ खेलना २ गोल गरेका छन्।

पोर्चुगलको थुप्रै खेलाडी भएको वोल्भ्समा सेमेडोले तीन वर्षको सम्झौता गरेका छन्। उनले पोर्चुलको राष्ट्रिय टोलिका लागि १२ खेल खेलिसकेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments