अस्ट्रेलियाको विश्वकप खेल्ने टिम घोषणा

 अस्ट्रेलियाले एकदिवसीय विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । प्याट कमिन्सको कप्तानीमा अस्ट्रेलियाले भारतमा हुने विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

अस्ट्रेलियाको विश्वकप टोलीमा प्याट कमिन्स (कप्तान), स्टीभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मिच मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

५ अक्टोबर देखि १९ सेप्टेम्बरसम्म भारतमा हुने विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेल आयोजक भारतविरुद्ध अक्टोबर ८ मा खेल्दै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments