पाकिस्तानका कप्तान बाबर आजमलाई यौन दुर्व्यवहार गरेको आरोप

एक महिलाले पाकिस्तानका कप्तान बाबर आजमलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि पाकिस्तान क्रिकेट अहिले उथलपुथल भइरहेको छ।बाबरले १० वर्षसम्म उनको यौन शोषण गरेको र विवाहको झुठो आशा देखाएको उक्त महिलाले दाबी गरेकी छिन्। महिलाको पहिचान भने खुलाएको छैन्।

उक्त महिलाले बाबरले उनलाई गर्भवती बनाएको र बाबर आजमले बारम्बार धम्की दिने गरेको आरोप समेत लगाएकी छिन् । एक पत्रकार सम्मेलन गर्दै उक्त महिलले सो कुराहरु खुलाएकी हुन।

“उसले मसँग विवाह गर्ने झुठो कसम खायो , उसले मलाई गर्भवती बनायो , कुटपिट गर्‍यो, मलाई धम्क्यायो र उसले मलाई प्रयोग गर्‍यो” उनले भनेकी छिन् ।

उक्त महिलाले आजमलाई सानै देखी चिन्थिन्। उनिहरु एकै टोलमा बस्थे। सन् २०१०मा आजमले उनलाई प्रोपोज गरेका थिए। सन् २०११ मा आजमले उक्त महिलालाई भगाएर लगे र एउटा भाडाको कोठामा राखे। त्यतीबेला बाबर आजम निकै गरीब थिए। त्यो बेला पनि आजमले उनलाई विवाह गर्छु भनेका थिए। तर आजमले आर्थिक अवस्था ठीक नभएकोले विवाह गर्न नसक्ने भनेर भन्थे।

उक्त महिलाले बबार आजमको सबै खर्च बेहोर्थिन। आजमको क्रिकेट खेल्नको लागि पनि उनले धेरै सह्योग गरेको कुरा उनले पत्रकार सम्म्मेलनमा बताएकी छिन्। २०१६ मा बाबर आजमले उनलाई गर्भवती बनाएको आरोप लगाएकी छिन्। यी सबै कुरा वक्त गर्दै पत्रकार सम्मेलन मार्फत उनले न्याय मागेकी छिन्।

पाकिस्तान क्रिकेट बोर्ड बाट यो घटनाको छलफल हुन बाँकी रहेको छ। बबार आजम र पाकिस्तानको बाँकी टोली हाल न्युजील्याण्डमा रहेका छन्।

4 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments