मिलान डर्बी मा इन्टर को रबाफिलो जित

इटालियन सिरि ए मा इन्टर मिलान ले एसि मिलान लाई ३-० ले पराजित गरेको छ । एसि मिलान को घरेलुु मैदान सान सिरो मा गएराती सम्पन्न खेलमा इन्टर ३-० ले बिजयी भयो । इन्टर को जितमा अर्जेन्टिनि स्ट्राइकर लौटारो मार्टिनेज ले २ गोल गरे भने रोमेलु लुकाकु ले १ गोल थपे । यो जित सङै इन्टर २३ खेल बाट ५३ पोइन्ट को साथ सिरि ए को शिर्ष स्थानमा कायम छ भने दोश्रो स्थान मा रहेकोे एसि मिलान को ४९ पोइन्ट रहेको छ । सिरि ए अन्तर्गत नै हिजो सम्पन्न अर्को खेलमा एटलान्टा ले नापोली लाई ४-२ ले हाराएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments