सुपर कपको उपाधी बार्यनको पोल्टामा

युईएफए सुपर कपको उपाधी जर्मन क्लब बार्यन म्युनिखले जितेको छ। बिहीबार भएको फाइनलमा सेभियालाई २-१ ले पराजित गर्दै उपाधी चुमेको हो। बार्यनले च्याम्पियनस लिग फाइनलमा पेरिज सेन्ट जर्मनलाई हराउदा सेभियाले युरोपा लिगको फाइनमा इन्टर मिलानलाई हराउदै सुपर कप खेलेका थिए।

बिहिबार राती हंगेरीमा भएको फाइनलमा युरोपियन च्याम्पियनस लिग विजेता बार्यनले पछि परेको स्थिति उल्टाउदै उपाधी जितेको हो। इभान राकिटिकलाई बार्यनका अलाबाले पेनाल्टी क्षेत्रमा फावल गरेपछि पाएको पेनाल्टिमा लुकास ओकस्पसाले गोल गर्दै सेभियालाई १३ औं मिनेटमा खेलमा अग्रता दिलएका थिए।

खेलको ३४ औ मिनेटमा लिओन गोरेट्जकाले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्यनलाई खेलका फर्काएका थिए। १०४ औ मिनेटमा मार्टिनेजले गोल गर्दै बार्यनलाई उपाधी जिताएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments