ग्यार्डिवाला अझै २ बर्ष म्यान्चेस्टर सिटी मै रहने

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबसँग नया सम्झौता मा हस्ताक्षर गरेका छन् ।ग्वार्डीवालाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् ।

स्पेनिस प्रशिक्षक ग्वार्डीवालाको सम्झौता यसै सिजनको अन्त्यमा सकिने वाला थियो । तर, सिटी सम्झौता नसकिँदै ग्वार्डीवालालाई क्लबमा राख्न सफल भएको हो ।

४९ वर्षका प्रशिक्षक सन् २०१६ मा म्यान्चेस्टर सिटी आएका थिए ।सिटीलाई उनले दुई पटक प्रिमियर लिगको उपाधि जिताउन सफल भए पनि च्याम्पियनस लिग मा भने खासै सफलता दिलाउन सकेका छैनन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments