आईपीएलको अंकतालिका र प्ले अफ समीकरण

आईपीएल २०२० अन्तर्गत लिग चरणको अन्तिम खेल जित्दै हैदरावाद प्ले-अफ पुग्ने चौथो टिम बन्न सफल भएको छ। यस अघि मुम्बई, दिल्ली र बैंगलोरले प्ले-अफमा स्थान पक्का गरेका थिए।

प्लेअफ पुग्नको लागि जित अत्यावश्यक रहेको खेलमा मुम्बई बिरुद्ध हैदरावादले १० विकेटको शानदार जित दर्ता गरेको हो। हैदरावादको जितपछि कोलकाता नाइट राइडर्स भने बैंगलोर र हैदरावादसंग अंक बराबरी भएता पनि नेट रन रेटमा पछि पर्दै प्लेअफ पुग्न असफल रह्यो।

अंकतालिकामा १८ अंक सहित मुम्बई पहिलो, १६ अंक सहित दिल्ली दोश्रो, १४ अंक सहित हैदरावाद तेश्रो तथा समान १४ अंक रहेता पनि हैदरावादसंग पछि पर्दै बैंगलोर चौथो स्थानमा रह्यो। १४ अंकनै रहेको कोलकाता हैदरावाद र बैंगलोर भन्दा नेट रन रेटमा पछि पर्यो।

प्लेअफ समीकरण
लिग चरणको समाप्ति पछि १३ औं आईपीएलको प्लेअफ समीकरण पनि पुरा भएको छ। पहिलो क्वालीफायर नोभेम्बर ५ तारिखमा ( बिहिबार ) मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच दुबई क्रिकेट स्टेडियममा खेलिनेछ।

यस्तै इलिमीनेटर नोभेम्बर ६ तारिखमा रोयल च्यालेन्जर्स बैंगलोर र हैदरावाद बीच शेखजायद स्टेडियम अबुधाबीमा खेलिनेछ। पहिलो क्वालीफायरमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमीनेटरमा विजयी हुने टिमसंग फाइनल प्रवेशको लागि दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ। दोश्रो क्वालीफायर नोभेम्बर ८ मा तथा फाइनल नोभेम्बर १० तारिखमा खेलिनेछ।

आईपीएलको प्लेअफ खेलतालिका :

नोभेम्बर ५ ( पहिलो क्वालीफायर ) : मुम्बई इन्डीएन्स Vs दिल्ली क्यापिटल्स

नोभेम्बर ६ ( इलिमीनेटर ) : रोयल च्यालेन्जर्स बैंगलोर Vs सनराइजर्स हैदरावाद

नोभेम्बर ८ ( दोश्रो क्वालीफायर ) : पहिलो क्वालीफायरमा पराजित हुने टिम Vs इलिमीनेटरमा विजयी हुने टिम

नोभेबर १० ( फाइनल ) : पहिलो क्वालीफायर विजयी टिम Vs दोश्रो क्वालिफायरमा विजयी टिम

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments