नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय मान्यता थप एक वर्ष बढ्यो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरु हुन नसक्दा एक वर्ष बढाएर २०२३ मार्च सम्मलाई ओडिआई मान्यता दिने भएको जानकारी गराएका थिए ।

नेपालको २०२१ मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा दुई वटा खेल खेल्नेको सम्भावना रहेको पनि चन्दले बताएका छन् । मार्चदेखि विश्वकप लिग–२ गराउन आइसिसीले क्यानलाई प्रस्ताव राखेको चन्दले जानकारी दिए ।डिसेम्बर भित्र क्यानले प्रधानमन्त्री कप एकदिवसिय महिला र पुरुष दुवैको राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरि रहेको पनि भर्चुगल साधारण सभामार्फत चन्दले जानकारी दिए ।

मार्चमा नेपालले ओमानमा गएर खेल्ने सम्भावना छ । जुलाईमा पनि आइसिसीले त्रिकोणात्मक सिरिजको लागि प्रस्ताव गरेको छ । बाँकी विश्वकप लिग–२ का खेलहरु २०२२ र २०२३ मा हुने चन्दले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments