सुपर कोपा को उपाधी बिल्बाओ लाइ बार्सिलोना पराजित

स्पेनिस सुपर कप को उपाधी एथ्लेटिको बिल्बाओ ले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ।

उसले बलियो बार्सिलोनालाई ३-२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।बार्सिलोनाले खेलमा दुई पटक अग्रता बनाएर पनि जोगाउन सकेन। खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनायो।

तर त्यस्को दुई मिनेटमै बिल्बाओका ओस्कार डी मार्कोसले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा रोकियो।दोस्रो हाफमा फेरि ग्रिजमनले नै गोल थपे।

उनले खेलको ७७ औं मिनेटमा गोल गरेका थिए। तर ९० औं मिनेटमा बिल्बाओका एसिर भिल्लालिब्रेले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याएपछि खेल लम्बिएको थियो। ९३ औं मिनेटमा इनकी विलियम्सले लागि गोल गरे जुन बिल्बाओलाई सुपर कप उपाधि उचाल्नका लागि निर्णायक बन्यो। सन १९८५ पछि बिल्बाओले पहिलो पटक उपाधि जितेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments