सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश

सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ५० रनको मध्यम लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments