दोश्रो टि- २० मा न्युजिल्यान्ड ४ रन ले बिजयी

अष्ट्रेलिया विरुद्ध को दोश्रो टि २० मा न्युजिल्यान्ड ४ रन ले बिजयी भएको छ । २२० रन को विशाल लक्ष लिएर मैदानमा उत्रिएको पाहुना टोलि अष्ट्रेलिया ले २० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनाउन सक्यो । अष्ट्रेलिया को लागि मार्कोस स्टोनिसले सर्बाधिक ७८ रन को पारी खेले त्यस्तै जोश फिलिपे ले ४५ तथा डेनिएल साम्स ले ४१ रन बनाए ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको न्यु जिल्यान्ड ले २० ओभरमा ७ विकेट गुमाउदै २१९ रन को योगफल तयार गरेको थियो । न्यु जिल्यान्ड को लागि ओपनर मार्टिन गुप्टिल ले ९७ रनको धुवाधार पारी खेलेका थिए त्यस्तै कप्तान केन विलियम्सन ५३ र जिमि निसम ले ४५ रन बनाएका थिए । यो जित संगै घरेलुु टोलि न्यु जिल्यान्ड ५ म्याचको सिरिज मा २-० ले अघि रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments