कोहलपुर ओपन क्रिकेट आज देखि

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आज प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पुष २५ गतेसम्म संचालन हुने नकआउट प्रतियोगिताको बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयर मुख्य प्रायोजक रहेको छ।

प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ। न्यु दर्पण युथ क्लब, ढकेरी किंग्स, कोहलपुर क्रिकेट एकेडेमी, रनियापुर क्रिकेट क्लब, च्याम्पियन्स स्पोर्ट्स क्लब, कारकादो क्रिकेट क्लब, कोहलपुर स्ट्राइकर्स, जगुअर क्रिकेट क्लब, बिबि वारियर्स, रझेना टर्मिनेटर, युभीसीसी कोहलपुर, नेपालगंज च्याम्प, बिबिसीसी किर्तिपुर, राझा स्पोर्ट्स क्लब, सम्झना स्पोर्ट्स क्लब र न्युरोड-११ प्रतियोगितामा सहभागी टिमहरु हुन्।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा विहान ९ बजे न्यु दर्पण युथ क्लब र जगुअर क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस्तै आजै दोश्रो खेलमा दिउसो १ बजे कोहलपुर स्ट्राइकर्स र करकादो क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments