राजस्थान बिरुद्ध हैदरावादको शानदार जित

आईपीएल मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छदुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदरावादले मात्र २ विकेट गुमाएर १८.१ ओभरमै पुरा गर्यो।

हैदरावादको लागि मनिष पाण्डेले आक्रामक ब्याटिंग गर्दै ४७ बलमा अविजित सर्वाधिक ८३ रन बनाए जुन क्रममा ४ चौका र ८ छक्का प्रहार गरे। यस्तै विजय शंकरले ५१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए।१४० औं खेल खेल्ने क्रममा पाण्डेको लिगमा यो १८ औं अर्धशतक हो भने जारि सिजन तेश्रो अर्धशतक हो। यस्तै शंकरको लिगमा यो दोश्रो अर्धशतक हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। राजस्थानको लागि संजु स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए।

बेन स्टोक्सले ३२ बलमा २ चौका मद्दतले ३० रन, रियान परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाए। रोबिन उथप्पा र स्टिभ स्मिथले समान १९ रन बनाए। जोफ्रा आर्चरले अविजित रहँदै ७ बलमा १ चौका र १ छक्का हिर्काउदै १६ रन बनाए।

ओपनर रोबिन उथप्पा चौथो ओभरमा रन आउट भएपछि अर्का ओपनर बेन स्टोक्सले सन्जु स्यामसनसंग ५६ रनको साझेदारी गरे। १२ औं ओभरमा स्यामसनलाई पहिलो पटक मौका पाएका जेसन होल्डरले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा स्टोक्सलाई राशिद खानले बोल्ड गरे। १

६ औं ओभरमा १२ बलमा ९ रन बनाएर बटलर विजय शंकरबाट क्याच आउट भए। १९ औं ओभरमा कप्तान स्मिथलाई होल्डरले क्याच आउट गराए। लगत्तै बलमा होल्डरले रियान परागलाई क्याच आउट गराएर तेश्रो विकेट लिए। अन्तिम ओभरमा जोफ्रा आर्चरले १ चौका र १ छक्का हिर्काउदा राजस्थानले १५० को योगफल पार गर्न सक्यो। आर्चरले राहुल तेवतियासंग सातौँ विकेटको लागि १० बलमा १९ रनको साझेदारी गरे।D

लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुरुवात राम्रो हुन सकेन। जोफ्रा आर्चरले पहिलो ओभरमा डेभिड वार्नर ( ४ रन ) र तेश्रो ओभरमा जोनी बेयरस्टो ( १० रन ) लाई पेभेलियन फर्काए। १६/२ को अवस्थाबाट मनिष पाण्डे र विजय शंकरले शतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले तेश्रो विकेटको लागि १४० रनको साझेदारी गरे।

पाण्डेले मात्र २८ बलमा अर्धशतक पुरा गरेका थिए जुन क्रममा कार्तिक त्यागिले गरेको छैठौं ओभरमा २ छक्का र १ चौका तथा बेन स्टोक्सले गरेको पाँचौ ओभरमा २ छक्का हिर्काएका थिए।

जितपछि अंकतालिकामा सातौँ स्थानमा रहेको हैदरावाद १० खेलमा चौथो जितपछि ८ अंक बटुल्दै पाँचौ स्थानमा उक्लेको छ। समान ८ अंक रहेता पनि पन्जाब र राजस्थान नेट रनरेटमा पछि रहँदै छैठौं र सातौँ स्थानमा पुगेको छ।

आजको जितपछि हैदरावादले अन्तिम-४ मा पर्दै प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ। समान १० खेल खेल्दा पन्जाब, राजस्थान र हैदरावादको समान ४ जित र ६ हार हुँदा शिर्ष-४ मा प्रवेशको दौड थप रोमान्चक बनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments