चेन्नाई पराजित, दिल्लीको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा चेन्नाई सुपर किङ्सले दिल्ली क्यापिटल्ससित ४४ रनले पराजित हुँदै लिगमा लगातार दोस्रो हार बेहोरेको छ।

शुक्रबार भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतीमा १७५ रन बनाएको थियो। दिल्लीको लागि ओपनर पृथ्वी सहले ४३ बलमा ९ चौका र १ छक्कको सहयोगमा सार्वधिक ६४ रन बनाए।

यस्तै अर्का ओपनर शिखर धवनले २७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। सान करनको बलमा आउट हुनुभन्दा अगाडी कप्तान श्रेयस इएरले २२ बलमा २६ रन जोड्दा आर्का ब्याट्सम्यान रिशव पन्तले २५ बलमा ६ चौकाको मद्दतमा ३७ रन जोडे। चेन्नाईको लागि पीयूष चावलाले २ विकेट लिदा साम कुरानले १ विकेट लिए।

१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ७ विकेटको क्षतीमा मात्र १३१ रन बनाउन सक्यो। चेन्नाईको लागि फाफ डुपेल्सीले सार्वधिक ४३ रन बनाए। ओपनर मुरली विजय १० रन र शेन वाट्सन १४ रनमा आउट भए।

रटुराज गैक्वाड ५ रन बनाएर रन आउट भए। नोर्टिजेको बलमा आउट हुनु अघि केदार जाधवले २६ रनको योगदान गरे। यस्तै कप्तान महेन्द्रसिह धोनीले १५ र रवीन्द्र जडेजाले १२ रन बनाएपनी टोलिलाई जित दिलाउन सकेनन्।

उत्कृष्ट बलिङ गरेको दिल्लीको लागि कगिसो रबडाले ३ विकेट लिए। अस्कर पटेलले १ विकेट लिदा अनरिच नोर्टिजेले २ विकेट लिए। जितसँगै दिल्ली २ खेलमा २ जित सहित शिर्ष स्थानमा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments