स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर हामेस रोड्रिग्वेज इङलिस क्लब एभर्टन

स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर हामेस रोड्रिग्वेज इङलिस क्लब एभर्टनमा अनुबन्धित भएका छन्।

कोलम्बियन २९ वर्षिय हामेसलाई एभर्टनले दुईवर्षको लागि २० मिलियन पाउन्डमा भित्राएको हो। अघिल्लो सिजन रियल म्याड्रिडबाट निकै कम खेल्ने समय पाएपछि हामेसले म्याड्रिड छाडेका हुन्। सन् २०१४ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि हामेसलाइ म्याड्रिडले मोनाकोबाट अनुबन्धित गरेको थियो।

प्रशिक्षक जिनेदिन जिदानबाट खेल्ने समय कम पाएपछि उनी सन् २०१७ मा जर्मन क्लब बार्यन म्युनिखमा लोनमा गएका थिए। दुई वर्षपछि म्युनिखबाट गत सिजन लोनमा फर्किएपनी कम खेल्ने अवसर पाएका थिए।

हामेस रोड्रिग्वेजले रियलका लागि ६ वर्षमा १२५ खेल खेल्दै ३७ गोल गरेका छन्। उनले म्याड्रिडबाट २ च्याम्पियनस लिग, २ ला लिगा, २ फिफा क्लब विश्वकप, २ सुपर कप र १ स्पेनिस सुपर कप जितेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments