त्रिकोणात्मक सिरिजको फाइनल आज नेपाल र नेदरल्यान्डस भिड्दै
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन ।
झन्डै १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट मा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ ।
नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न आतुर छ ।
सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम राख्न सक्नुपर्ने दबाब मा छ । सिरिजमा नै उच्च प्रदर्शन गरेको नेपाल फाइनलमा पनि नेदरल्यान्ड्सलाई कडा चुनौती दिने पक्का छ ।
तर, नेदरल्यान्ड्स ले दोस्रो खेलमा नेपाललाई पराजित गरेपछि उच्च मनोबलमा छ । नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स पनि आफ्नो त्यहि लयलाई कायम राख्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।
खेल नेपाली समय अनुसार दिउँसो सबा एक बजे टि यु क्रिकेट मैदान किर्तिपुर मा हुनेछ ।