ब्रेस्ट्रोको शानदार प्रदर्शनमा हैदराबाद विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ। हैदराबादले किङ्स ११ पंन्जावलाई ६९ रनले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सनराइजर्स हैदराबादले टस जितेर ब्याटिङ गर्न उत्रीएको थियो।

नराइजर्सले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २०१ रन बनायो। कप्तान डेभिड वार्नर र ब्रेस्ट्रोले उत्कृष्ट प्रदर्शन गरे। कप्तान डेभिड वार्नर ५२ रन बनाएर आउट भए। ब्रेस्ट्रोले ५५ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ९७ रन बनाएर आउट भए। पंन्जावको लागि रवि विश्वनीले सार्वधिक ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। अर्शदिप सिंहले २ विकेट लिदा महोमद सामीले १ विकेट लिए।

२०२ रनको विजयी लक्ष्य पछ्याएको पंन्जावले सुरुवात राम्रो गर्न सकेन। उसले १६.५ ओभरमा मात्र १३२ रन बनाउन सक्यो। पंन्जावको लागि निल्लोस पोरान बाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्सन गर्न सकेनन्। पोरान ७७ रनमा आउट भए। उनले ३७ बलमा ७ छ्क्का र ५ चौका प्रहार गरे।

हैदराबादको लागि रसिद खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन सहित १२ रन दिएर ३ विकेट लिए। खलिल अहमद र नतार्जनले समान २ विकेट लिदा अभिषेक शर्माको नाममा एक विकेट रह्यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments