बराबरीमा रोकियो टोटेनहाम हटस्पर्स

ईङ्लिस प्रिमियर लिग अन्तर्गत आईतबार साँझ टोटेनहाम र न्यू कासल युनाईटेडको खेल बराबरीमा सकिएको छ। खेलमा टोटेनहामले २५औ मिनेटमा अग्रता लिएको थियो।

ह्यारी केनको पासमा लुकास मोराले गोल गर्दै टोटेनहामको लागि अग्रता बनाएका थिए। तेसपछी खेलमा कुनै गोल हुन सकेन र खेल टोटेनहामको पक्षमा नै थियो। खेलको दोस्रो हाल्फ सुरु हुँदै टोटेनहामले आफ्नो महत्वपूर्ण खेलाडी हिउङ मिङ सनलाई गुमाउन पर्‍यो।

दोस्रो हाल्फमा टोटेनहामले गोल गर्ने कयौ अवसरहरु गुमाए। खेल टोटेनहामले जित्नै लाग्दा खेलको अन्तिम ९०+७ मिनटमा न्यू कासलले पेनाल्टी पायो। न्यू कासलका लागि कालम विल्सनले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१को बराबरी मा सकियो र दुवै टोलीले १-१ अंक प्राप्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments