मुम्बई द्वारा हैदराबाद पराजित

इन्डियन प्रीमियर लिग अन्तर्गत आज को पहिलो खेल मा मुम्बई इन्डियन्स बिजयी भएको छ । मुम्बईले सन राइजर्स हैदराबाद लाई ३४ रन ले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभर मा ५ विकेट गुमाए र २०८ रन बनाउन सफल भयो।

मुम्बईका लागि ओपनर क्वेन्टन डि कक ले सर्बाधिक ६७ रन बनाए । २०९ रन को विशाल लक्ष्य लिए र मैदान मा उत्रिएको हैदराबाद ले २० ओभर मा ७ विकेट गुमाउदै १७४ रन मात्र बनाउन सक्यो ।
हैदराबादको लागि कप्तान डेभिड वार्नर ले ६० रन बनाए पनि टिम को हार टार्न सकेनन त्यस्तै मनिष पान्डे ले ३० तथा जोनि ब्यास्ट्रो ले २५ रन बनाए ।

मुम्बईको लागि जेम्स प्याटिन्सन ट्रेन्ट बोल्ट र जसप्रीत बुमराले समान २ विकेट लिए ।
अहिले आजको दोश्रो खेलमा अहिले किन्ङ्स इलाभेन पन्जाब र चेन्नाइ सुपर किङ्स बिच खेल भैरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments