भारत र इङ्ल्याण्ड बिचको चौथो टेस्ट नरेन्द्र मोदी स्टेडियम अहमदाबाद मा सुरु

भारत र इङ्ल्याण्ड बिचको चौथो टेस्ट नरेन्द्र मोदि क्रिकेट स्टेडियम अहमदाबाद मा सुरु भएको छ । चौथो टेस्ट मा पाहुना टोलि इङ्ल्याण्ड का कप्तान जो रूट ले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका छन । ४ टेस्ट को सिरिज मा अहिले घरेलुु टोलि भारत २-१ ले अगाडी रहेको छ । यो चौथो टेस्ट को नतिजा भारत र अष्ट्रेलिया को लागि निकै महत्त्वपूर्ण रहेको छ । चौथो टेस्ट भारत ले जितेको खण्ड मा भारत टेस्ट च्याम्पियन्सिप को फाइनलमा जाने छ भने यो टेस्ट इङ्ल्याण्ड ले जितेमा अर्को टोलि अष्ट्रेलिया फाइनलमा प्रवेश गर्ने छ । न्युजिल्याण्ड यस अघि नै फाइनल को यात्रा तय गरिसकेको छ । टेस्ट च्याम्पियन्सिप को फाइनल अर्को बर्ष इङ्ल्याण्ड को लर्ड्स क्रिकेट ग्राउन्ड मा हुने कार्यक्रम छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments