मुम्बईद्वारा कोलकत्ता पराजित

साबिक विजेता मुम्बई इन्डियन्स जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले ।

कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्य कुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।कोलकत्ताका बरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकत्ताको लागि प्याट कमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।यस्तै सुबनम गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन जोडे । मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ । कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments