काडिजसँग बार्सिलोना पराजित, रियल मड्रिडको संघर्षपूर्ण जित
स्पेनिस ला लिगा फुटबलमा काडिजसँग बार्सिलोना पराजित भएको छ । २० वर्षपछि बार्सिलोनालाई हराएको काडिजले शनिबार राति भएको खेल २–१ ले जित्यो ।
अल्भारो नेगरेडोले दुई गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे । ९औँ मिनेटमा गोल गर्दै काडिजलाई सुरुवाती अग्रता दिलाएका अल्भारो जिमेनेजले ६३औँ मिनेटमा पनि गोल गरेका थिए ।
घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो । तर, बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाए ।
उसले ला लिगामा बार्सिलोनासंग ४ अंकको अग्रता पनि लिएको छ । बार्सिलोना १४ अंकसहित सातौं स्थानमा छ । काडिज १८ अंकसहित पाँचौ स्थानमा छ ।

त्यस्तै ला लिगाको अर्को खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो । शनिबार राति भएको खेलमा रियलले सेभियामाथि आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे ।
रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।
जितसँगै ११ खेलमा २० अंक जोड्दै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।
