चेल्सी,बार्सिलोना र युभेन्टस च्याम्पियन्स लिगको प्री क्वाटरमा
युइफए च्याम्पियन्स लिग अन्तर्गत को आ-आफ्नो खेल जित्दै चेल्सी बार्सिलोना र युभेन्टस प्री क्वार्टर फाइनल मा प्रबेश गरेका छ्न ।
चेल्सी ले फ्रेन्च क्लब रेन्स लाई २-१ ले हरायो । रेन्स को घरेलु मैदान मा भएको खेल मा
चेल्सी लाई जिताउन कलुम होडसन ओडोइ र ओलिभियर जिरुड ले १-१ गोल गरे। सब्सिच्युट खेलाडी को रुपमा मैदान प्रवेश गरेका जिरुडले खेलको ९२ औ मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै चेल्सी लाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । यो नतिजा संगै चेल्सी चार खेल मा १० अङ्क को साथ मा आफ्नो ग्रुप को पहिलो स्थान मा छ ।

यस्तै अर्को खेल मा स्पेनिस क्लब बार्सिलोना ले युक्रेनी क्लब डाइनामो किभ लाई ४-० गोल अन्तर ले हरायो । धेरै जसो पहिलो रोजाइको खेलाडी बिना मैदान उत्रिएको बार्सिलोना को जितमा
ब्राथवेटले २ गोल गरे भने ग्रीज्मन र डेस्ट ले १/१ गोल गरे ।

त्यस्तै ग्रुप जि कै अर्को खेलमा इटालियन क्लब युभेन्टस ले हङ्गेरियन क्लब फ्रेन्क्भारोस लाई कठिन तरिका ले २-१ ले हरायो । उसका लागि कृस्टियानो रोनाल्डो र अल्भारो मोराटा ले १/१ गोल गरे ।
मोराटाले खेल सकिन केही मिनेटअघि मात्र गोल गरेका थिए। ४ खेल बाट ९ अङ्क बनाएको युभेन्टस समूह जिको दोश्रो स्थान मा छ।

यस्तै अरु खेल मा म्यान्चेस्टर युनाईटेड ,सेभिया ,पि.एस.जि ,ब्रुसिया डर्ट्मन्ड ,लाजियोले पनि
आ-आफ्नो खेलमा जित हात पारेका छ्न।