एतिहासिक रेकर्ड पछ्याउँदै ओलिभियर जिरुड

फ्रान्स को रास्ट्रीय टिम बाट सबैभन्दा बढी गोल गर्ने खेलाडी को रेकर्ड बनाउन ओलिभियर जिरुड अब मात्र ७ गोल ले पछि छ्न ।

नेसन्स लिग अन्तर्गतको गएराती सम्पन्न खेल मा स्विडेन विरुद्ध जिरुड ले २ गोल गरेसंगै उनको फ्रान्स नेसनल टिम को लागि गरेको गोल संख्या ४४ पुगेको छ ।

उक्त २ गोल संगै जिरुड फ्रान्स को रास्ट्रीय टिम को लागि सबैभन्दा बढी गोल गर्ने थिएरी अनरी को रेकर्ड नजिक पुगेका हुन ।अनरी ले आफ्नो रास्ट्रीय टिम को लागि ५१ गोल गरेका गरेका थिए त्यस क्रम मा उनले ले फ्रान्स बाट १२३ खेल खेलेका छ्न ।

सन २०११ नोभेम्बर ११ मा अमेरिका विरुद्ध को खेल बाट आफ्नो रास्ट्रीय टिम मा डेब्यु गरेका ३३ वर्षिय स्ट्राइकर जिरुड ले फ्रान्स को रास्ट्रीय टिम को लागि १०५ खेल खेलेका छ्न ।

यसरी हेर्दा जिरुड रास्ट्रीय टिम बाट अनरी भन्दा अझै १८ खेल कम खेलेका छ्न र मात्र ७ गोल ले पछि रहेकोे अवस्था छ ।हाल इङलिस क्लब चेल्सी बाट ब्याबसायिक फूटबल खेल्ने जिरुड थिएरी अनरी को त्यो ५१ गोल को रेकर्ड ब्रेक गर्न सक्ने हुन या होइनन त्यो त समय ले बताउने नै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments