सिपिएल सेमिफाइनलमा सन्दिपको टिम जमैका र ट्रिनबागो भिड्दै

केरेबियन प्रि‍मियर लिग(सिपिएल) टि-२० २०२० अन्तर्गत आज पहिलो सेमिफाइनलमा सन्दिप लामिछानेको टिम जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्सको सामना गर्दै छ। काइरन पोलार्डको कप्तानिमा ट्रि‍नबागो प्रतियोगितामा अपराजित रहेको छ। उसले १० खेलमा सतप्रतिशत जित निकालेको छ भने उता जमैका तलावाजले भने राम्रो प्रदर्शन गर्न सकेको छैन।

जमैका १० खेलमा ३ जित ६ हार र १ बराबरी खेल्दै ७ अङ्क जोडेर चौथो स्थानमा रहेर सेमिफाइनल तय गरेको थियो। आज जमैकाले जित्नको लागि चमत्कार खेलको आवश्यक छ। नेपालका लेग स्पिनर सन्दिप लामिछानेले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिराखेका छन्।

उनले ९ इनिङसमा १२ विकेट लिदै धेरै विकेट लिने खेलाडीको चौथो स्थानमा छन्। खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ भने खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स(Star Sports) ले गर्नेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments