एपिएफ द्वारा प्रदेश एक १३५ रन ले पराजित
प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट प्रतियोगिता मा बिभागिय टोलि एपिएफ ले बिजयी सुरुवात गरेको छ । उसले आज प्रदेश न १ लाई १३५ रनको फराकिलो अन्तर ले पराजित गरेको हो । २४४ रन को लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश १ को टिम ४२ ओभरमा मात्र १०८ रन मा समेटियो ।
प्रदेश १ को लागि कुनैपनी ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । उसको लागि मिनास थापा ले सर्बाधिक १८ रन को योगदान दिए भने फिर्दोश अन्सारी ले १७ र अन्तिम मा दिपेश कंडेल ले १६ रन बनाए। बलिङ तर्फ प्रदेश १ को इनिङ धोस्त पार्ने क्रम मा रास्ट्रीय टिम का तिब्र गतिका बलर अबिनाश बोहोरा ले ५ विकेट हात पारे यस्तै वसन्त रेग्मी ले २ विकेट लिए ।
यसअघी टियु क्रीकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफ ले ४८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २४३ रन बनाउन सक्यो। उसको लागि ओपनर आशिफ शेख ले सर्बाधिक ५९ रन को पारी खेलेका थिए, ३२ बल को सामना गरेका उनले ५ छक्का र ६ चौका को मद्दतले ५९ रन को धुवाधार पारी खेलेका हुन , यस्तै वसन्त रेग्मी ले ४०,
सन्दीप जोरा ले ३० रन बनाउदा सुबाश खकुरेल ले १९ रन बनाए । बलिङ तर्फ प्रदेश न १ का फिर्दोश अन्सारी , दिपेश कंडेल र हेमन्त राई ले समान २/२ विकेट हात पारे । प्रतियोगिता अन्तर्गत भोलि २ वटा खेल हुने छ्न ।
