नाओमी ओसाका बनिन युएस ओपन च्याम्पियन

जापानी खेलाडी नाओमी ओसाकाले बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

ओसाकाले पहिलो सेट १–६ ले सहजै अजरेन्कालाई सुम्पिएपनि त्यसपछिको दुवै सेट सहजै आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । दोस्रो सेटमा ६–३ को सहज जित निकालेकी ओसाकाले तेस्रो सेट पनि ६–३ ले नै आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् ।  

ओसाकाले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् । उनले फाइनल पुगेका सबै ग्रास्डस्लाम जित्ने कीर्तिमान कायम गरेकी छिन् । ओसाकाको यो दोस्रो युएस ओपनको उपाधि रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments