काठमाडौंका मुख्य बजारहरु चाडपर्व नजिकिदै गर्दा सुनसान

काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु चाडपर्व नजिकिँदै गर्दा सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो ।

ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकीय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन् । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ ।

कोरोनाका कारण उपभोक्ता नभएपछि व्यापारिक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएकोछ । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएको छ । खासगरी लत्ताकपडा, घरायसी सामाग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बजारमा सुनसान देखिएको छ ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरु पनि निराश बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments