आज ८९९ जनामा कोरोना संक्रमण


आज नेपालमा  ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित हुनेको संख्या  २ लाख ४७ हजार ५९३ पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या रहेको  १०६४  छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१  रहेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या  १६८९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments