काठमाण्डौको निषेधाज्ञा जेठ १२ गतेसम्म जारी रहने

काठमाण्डौ । उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको अनौपचारिक छलफलले जेठ १२ गतेसम्म निषेधाज्ञालाई जारी राख्नुपर्ने निश्कर्ष निकालेको हो । 

एक प्रमुख जिल्ला अधिकारीहरुकाअनुसार यो विषयमा आधिकारिक निर्णय गर्न भोलि तीनै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक तय भएको छ । भोलिको बैठकले कम्तीमा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गर्नेमा तीनै सीडीओ सहमत भएका बताइएको छ । 

जेठ १४ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम भएकोले त्यसअघि निषेधाज्ञा खुकुलो बनाउने गरी आवश्यक तयारी गरिएको ती प्रजिअले जानकारी दिए । यसअघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई बढाएर २९ गते राति १२ बजेसम्म थप गरेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments