पूर्वराजा ज्ञानेन्द्रले दसैंमा सर्वसाधारणलाई टीका नलगाउने

 पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको वडा दसैंको अवसरमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । शनिबार सूचना सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले असहजस्थितिमा टीका लगाउने कार्यक्रम आयोजना नगर्ने बताएका हुन् ।

सँगै पूर्वराजा ज्ञानेन्द्रले यस वर्षको महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र पूजापाठसमेत नगर्ने बताएका छन् ।

‘यसवर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने र विजया दशमीका दिन टीकाको कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ’, पूर्वराजा ज्ञानेन्द्रको नाममा सार्वजनिक सूचनामा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments