काठमाडौं उपत्यकाकामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ५९७  जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  ४८३ , ललितपुरमा  ३३, भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा  ६  जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments