काठमाडौं उपत्यकाकामा थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १५३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।  हालसम्म संक्रमित हुनेको संख्या  ५८ हजार ३२७ पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ७३७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६५२ ,ललितपुरमा ६०,भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments