प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुनः भेट गर्नुभएको छ । उहाँहरुबीच सोमबार भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न विप्लव उहाँको सरकारी निवास बालुवाटार पुग्नु भएको हो । भेटमा उहाँले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको गुनासो राख्नुभयो ।

विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराउनु भएको हो । विप्लवलाई प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments