नेपालमा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।यसैगरी २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।

८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।डा. गौतमका अनुसार काठमाडौँ उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।यसैगरी २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments