कोरोना नियन्त्रण उराठलाग्दो हैन, उत्साहजनक छ: प्रधानमन्त्री केपी शर्मा ओली

संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष  देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन्। प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा सुरू भएकाे संविनान दिवस विशेष समाराेहबाट देशवासीको नाममा सम्बोधन गर्दै उहाँले ७ वर्ष लामो बलिदान र ५ वर्ष अगाडि नेपालको संविधान जारी भएको स्मरण गराउनुभयो ।

हाम्रो संविधान सबैकुरा अट्ने दस्तावेज हो, आशंका भए त्यसलाई हटाउन सरकार तत्पर छ – प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी नियन्त्रणका लागि चालिएका कदम उत्साहजनक देखिएको दाबी गरेका छन्। कोरोना नियन्त्रणमा सरकार असफल भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो हैन, उत्साहजनक रहेको दाबी गरेका हुन्। कोरोनाका कारण नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको कुरा स्वीकार्दै प्रधानमन्त्री ओलीले अब छिट्टै सरकारले पुनःउत्थानको लागि पहल गर्ने बताउनुभयो ।

डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो हैन, उत्साहजनक देखिन्छन्‘: प्रधानमन्त्री केपी ओली

‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो हैन, उत्साहजनक देखिन्छन्,’ उनले भने। भ्रष्टाचारविरुद्ध सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।

मैले पटक-पटक भन्दै आएको छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ: प्रधानमन्त्री केपी ओली

‘मैले पटक-पटक भन्दै आएको छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ,’ उनले भने। भ्रष्टाचारविरुद्ध सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए। 

उनले लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितको क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसबाट सार्वभौमसत्ताको सुरक्षाका लागि आफ्नो सरकारको प्रतिवद्धतालाई कार्यमा देखाएको बताए । उनले सो कार्यका लागि सांसदहरुलाई पनि बधाई दिए ।

5 2 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments